काठमाडौं उपत्यकामा मात्रै थप ६७६ जनामा संक्रमण पुष्टि


काठमाडौं ।

मंगलबार काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५५ जना,भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।