कोरोना कहरबीच हलमै ‘इन्दुकी जवानी’ रिलिज गर्ने निर्माताको घोषणा


नयाँदिल्ली,एजेन्सी ।

नायिका कियरा अडवानी अभिनित चलचित्र ‘इन्दु कि जवानी’ अक्टुबरमा रिलिज गर्ने घोषणा उक्त चलचित्रका निर्माताले गरेका छन् । कोरोना महामारीकै बीच आउँदो महिना हलमै चलचित्र रिलिज गर्ने घोषणा निर्माताले गरेसँगै बलिउडको माहोल तातिएको छ ।

भारतका चलचित्र प्रदर्शकहरुले सेप्टेम्बरबाट नै हल खुल्ने अपेक्षा गरेका थिए । तर, यो संभव नभएकाले अक्टुबरदेखि हल खुल्छ भन्ने उनीहरुको आशा छ ।

चलचित्र नै नभएको अवस्था र लामो समयदेखि हलमा जान नपाएका दर्शकको उत्सुकतालाई ध्यानमा राख्दै कियरा अभिनित चलचित्रका निर्माताले फाइदा उठाउन खोजेका छन् ।

कोरोनाले प्रभावित अधिकांश देशमा चलचित्र भवन खुलिसकेका छन् भने नयाँ चलचित्र पनि रिलिज भैरहेका छन् । यसैले पनि भारतका प्रदर्शकले सरकारसँग हल खुलाउन अपिल गरेका छन् ।