कोरियन स्वादको हटपट चाउचाउ रामेन बजारमा


पोखरा ।
पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको हो।

उपभोक्ताको रोजाइलाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय स्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले भने, ’करिव डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं।’ कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।

पहिलो , ’हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स  हो। जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ। यो खासै पिरो छैन्।  त्यसैले सबै उमेरका व्यक्तिहरूलाई यो सुहाँउदो छ। यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ।

दोस्रो, ’हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ।

टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो।

दुई थरीकै ’हटपट’ प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।

‘हटपट’ सिरिज अन्र्तगत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ।

गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो। तर यसको स्वाद पनि सबै खालका ग्राहकहरूले मनपराउने विश्वास कम्पनीको छ।

यसै आर्थिक वर्ष भित्र थप नयाँ फ्ल्वेरमा हटपट सिरिजका अन्य उत्पादनहरू ल्याउने गरी काम भइरहेको कम्पनीले बताएको छ।

यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमासमेत निर्यात गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए।

सफ्ट लन्चिङको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरूमा यो चाउचाउ उपलब्ध गराइएको छ ।

काठमाडौं उपत्यकाको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्ट लगायत अन्य सिगंल आउटलेट मार्ट हरूमा पनि गएर किन्न सकिन्छ।

साथै अनलाइनमा दराज डट कम, ग्यापु डट कम आदि बाट समेत किन्न सकिन्छ।

लक डाउनले गर्दा काठमाडौ उपत्यकाका सबै क्षेत्रमा यो चाउचाउ पु¥याउन सकिएको छैन तर अब दशैं भन्दा अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार बिस्तार गरिरहेको कम्पनीले बताएको छ।

उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पुर्याउने तयारी भइरहेको छ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा ब्राण्ड एम्बेस्डरमा अनुबन्धित

यसै विषयमा कम्पनीले ’हटपट’ नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई अनुवन्ध गरेको छ। एक त उहाँ सबै उमेर र क्षेत्रका नेपालीहरुको माझमा लोकप्रिय हुनुहुन्छ।  अर्को यी उत्पादनहरू भविष्यमा नेपाल बाहिर पनि निर्यात गर्ने योजना भएकाले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उहाँ लाई छानेका हौं, अध्यक्ष पाण्डेले भने।

’हटपट’ चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ खतिवडाले भनिन् ’हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरिय छ । पहिले महँगो पैसा तिरेर अरू अन्तराष्ट्रिय ब्राण्डहरू नै खोज्नुपथ्र्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मुल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउँदै छ।

’हटपट’ले नेपाली नुडल्सलाई अन्तराष्ट्रिय स्तरमै अझै प्रख्यात बनाउनेछ भन्ने विश्वास लिएकी छु। उनले  पोखरा नुडल्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन्।

उनले नेपाली ब्राण्ड विदेशी मुलुकहरूमा चिनाउन पहल गर्ने बताइन्। श्रृंखला खतिवडाले नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् ।

पोखरा नुडल्सको बारेमा

पोखरा नुडल्ड प्रालि २०४८ सालमा दर्ता भएको हो। पोखरामा अवस्थित यस उद्योग आफ्नो उत्पादन भने २०५१—५२ सालबाट उत्पादन सुरू गरेको हो। नेपाली बजारमा चाउचाउको अनुभवी टिम पोखरा नुडल्ससँग छ। रम्बा, बोनस, जोजो यस नुडल्सका चर्चित चाउचाउ ब्राण्ड हुन।