राजेश हमालद्वारा प्राविधिकलाई ५ लाख ६५ हजार सहयोग


काठमाडौं ।
प्राविधिकहरुलाई सधैं सम्मान र माया गर्ने ख्यातिप्राप्त अभिनेता राजेश हमालले कोरोना कहरका कारण काम बन्द भई समस्यामा परेका प्राविधिकहरुलाई नगद सहयोग गरेका छन्।

अभिनेता हमालले प्राविधिकहरुको छाता सगठन नेपाल चलचित्र प्राविधिक संघद्धारा शनिवार राजधानीको डिल्लीजबारस्थित विजय स्मारक माध्यमिक विद्यालयामा आयोजित एक साधारण समारोहबीच प्राविधिकहरुलाई नगद सहयोग गरेका हुन्। अभिनेता हमालले प्राविधिक संघको सिफारिशमा नेपाली फिल्म तथा म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहँदै आएका विभिन्न विधाका १ सय १३ जना प्राविधिकहरुलाई नगदर सहयोग गरे।

हमालले अमेरिका र नेपालमा रहेका आफ्नो निजी रकमका साथ केही साथीको सहयोगी हातबाट प्राप्त रकमले प्राविधिकहरुलाई जनही ५ हजार रुपियाँ सहयोग गरेका हुन्। उनले १ सय १३ जनालाई गरी कुल ५ लाख ६५ हजार रुपैयाँ प्राविधिकलाई सहयोग गरे।

कार्यक्रममा बोल्दै हमालले प्राविधिकहरु आप्mना लागि सधै नै उच्च स्थानमा रहेको जनाउँदै कारोना संक्रमणको जोखिमका कारण लगाइएको लकडाउन तथा निषेधाबाट प्रभावित भएका प्राविधिकहरुलाई सानो सहयोगको हात अगाडि बढेको बताए।

उनले यो सामूहिक प्रयासबाट सहयोग गरेको जनाउँदै नितान्त निजीरुपमा गरिएको सहयोगबारेमा सार्वजनिक गर्ने नगरेको तथा आवश्यकताअनुसार भविष्यमा फेरि पनि सहयोगको हात अगाडि बढाउने बताए। कार्यक्रममा संघका अध्यक्ष पुष्कर लामाले कोरोनाले प्रभावित प्राविधिकहरुलाई गरेको सहयोगप्रति हमाललाई आभार व्यक्त गरे।