तिहारमा अक्षय कुमारको ‘लक्ष्मी बम’


एजेन्सी ।
नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने पक्का भएको केही महिना भैसक्यो । तर, चलचित्र रिलिज कहिले हुन्छ भन्ने पक्का गरिएको थिएन । तर, अब भने यसको निर्माणपक्षले चलचित्रको रिलिज मिति फाइनल गरेको छ ।

नायक अक्षय कुमारले ट्विट गर्दै चलचित्रलाई नोभेम्बर ९ मा रिलिज गर्ने जानकारी दिएका छन् । साथै, चलचित्रको टिजर पनि सार्वजनिक गरिएको छ ।

तिहारको अवसर पारेर यो चलचित्र डिजिटल माध्यममा रिलिज हुन लागेको हो । यो बर्ष तिहारको अवसरमा हलमा बलिउड चलचित्र रिलिज नहुने भएकाले पनि डिजिटल माध्यममा अक्षयको चलचित्रले उल्लेख्य दर्शक पाउने अपेक्षा गरिएको छ ।

टिजरमा अक्षयको २ फरक अवतार देखाइएको छ । यो चलचित्रमा अक्षयको साथमा नायिका कियरा आडवाणीको मुख्य भूमिका छ ।लकडाउन भएपछि बलिउडका निर्माताले हलको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गरिरहेका छन् । ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने लागेको महंगो र ठूलो चलचित्र हो ।