मानव सेवा गर्नु भन्दा अर्को कुनै पुण्य काम छैन्


जीवनलाई सही गन्तव्यमा पु¥याउन सार्थक मेहनत र इमान्दारीताको खाँचो पर्छ । दृढ अठोट मनमा आत्मविश्वास भयो जीवन सफल बनाउन सकिन्छ । जीवनमा दुःख–सुख चलिरहने प्रक्रिया हो । जीवनलाई सफल बनाउने हात हरेक मानिस आफैसँगै हुन्छ ।
निराशाले होइन आशाले जीवनलाई अगाडि बढाउने प्रेरित गर्छ । मनमा दृढ अठोट भए जस्तोसुकै कठिन काम गर्न पनि गर्न सकिन्छ । हरेक मानिसहरुको लागि हरेक दिन एउटा सुनौलो अवसर हो । असफलमा कति रुपान्तरण गर्न सकिन्छ त्यो हात स्वयमं मानिसहरुको हातमा हुन्छ ।
जीवनमा मानव सेवा भन्दा ठूलो धर्म कुनै छैन् । अदृष्यि शक्तिको नाममा समय खर्च गर्नु भन्दा आफ्नै आँखाले देखिने मानव सेवा गर्नु भन्दा अर्को कुनै पुण्य काम छैन् । हरेक मानिसले निकै ठूलो मेहतन र सघर्षबाट नै सफलताको सिँढी चढेने गर्छ । जो संघर्षको पहाड चढनबाट डराउछ उसले असफलता मात्र प्राप्त गर्छ ।

दुःखसँग मुकाविला गर्दै अगाडि बढ्नु र आफ्नो लक्ष्य प्राप्तिको यात्रामा अहोरात्र लाग्नु नै जीवनलाई सफल बनाउने संकल्प हो । जीवनमा मानव सेवा भन्दा ठूलो सन्तुष्टि केही पनि हुन सक्दैन । मानिसहरुमा एक्लै धनी हुने, समाजप्रतिको दायित्वबोध र जिम्मेवारी महशुस नगर्ने परिपार्टी बढ्दै गएको छ । तर समाजमा यस्ता व्यक्तिहरु पनि छन् जो आफ्नो नीजि स्वार्थ भुलेर रातदिन सामाजिक कार्यमा जुटेका छन् ।

विजय लामा

सानैदेखि समाजको लागि केही गर्नुपर्छ भनेर निकै लामो संघर्ष गर्दै आएका रामेछाप जिल्ला दोरम्बा गाविस–२ मा जन्मिएका विजय लामाले आज समाजको लागि उदाहरणीय काम गरेर देखाउन सफल भएका छन् । लामककै अथक मेहनत र अठोटको कारण आज ६ सय ८० अनाथ विपन्न बालबालिकाहरुले उज्यालो भविष्यको सपना देख्न पाएका छन् । गरिबी असाहे अनाथ विशेषगरी वादी समुदाय, चेपाङ समुदाय र बेचबिखनमा परेका साथै बेचबिखनको जोखिममा रहेका भविष्यका कर्णधार बालिकालिकालाई लामाले अभिभावकत्वको भुमिका निर्वाह गर्दै आएका छन् ।
विं.स. २०३९ सालमा रामेछाप जिल्ला दोरम्बा गाविस–२ मा बुबा ज्ञानबहादुर तामाङ र आमा लालकुमारी तामाङको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका विजय लामा आज समाजकै उदाहरणीय व्यक्ति बन्न सफल भएका छन् । दोम्बाको पाखा पखेरमा हुर्किएका लामाले डडुवाको सुर्खे देउराली माविबाट एसएलसी पास गरेर अध्यायनको लागि राजधानी प्रवेश गरेका थिए ।
मध्यवर्गीय किसान परिवारमा जन्मिएका लामाले राजधानी काठमाडौंमा पनि निकै लामो संघर्ष गर्नुपरेको अनुभव ताजै छ । राजधानीमा रोजगारी नपाएर छटपटिदाको दिन पनि जीवित नै छ । जीवनमा संघर्ष गरेपछि मात्र सफलता हाल पर्छ भन्ने मान्यतालाई दह्रोसँग आत्मसाथ गरेका लामाले असफलता बेर्होरे तर हरेख खाएनन र त सफल भएका छन् ।

स्वदेशमा रोजगारी नपाएपछि केही कमाउने आशामा लामा वैदैशिक रोजगारीको क्रममा दुवई पनि पुगे । विदेशी भूमिका पनि पसिना चुहाए । उनी भन्छन–विदेश जानु नराम्रो त होइन तर सधै विदेश बस्ने मानसिकता भन्दा सिकेको सीप र मेहनबाट जोहो भएको पैसाले आफ्नै लगानी गरेर केही गर्ने आँट र हिम्मत हरेक युवाहरुले गर्नुपर्छ ।’

लामाको मनमा दुई बर्ष दुवइमा बस्दा जीवनमा केही गर्नुपर्छ भन्ने सोच र योजना झन झांङगियो । विदेशी भुमिमा पसिना बगाउनु भन्दा स्वदेश फर्किएर नै केही गर्ने अठोट व्यक्त गर्दै एक बर्ष बाँकी रहदा नै लामा स्वदेश फर्किए । सानैदेखि समाजसेवामा रुचि राख्ने लामाले २०६४ सालबाट बालबालिकाको क्षेत्रमा काम गर्ने योजना अगाडि सारे ।

सडकमा अनाथ बालबालिका देख्दा लामाको मनमा उनीहरुलाई उचित शिक्षा प्रदान गर्न सके कति राम्रो हुन्थ्यो होला भन्ने कल्पना गर्थे । अन्ततः लामाले बालबालिकालाई शिक्षा दिनको लागि केही गर्ने योजना बनाए । बालबालिकाको क्षेत्रमा काम गर्नको लागि २०६६ सालमा ‘ज्योतिको घर नेपाल’ नामक गैर सरकारी संस्था दर्ता गरेर काम अगाडि बढाए । संस्थापक उपाध्यक्षको रुपमा अनाथ असाहे विपन्न बालबालिहरुको खोजी गर्दे शिक्षा प्रदान गर्ने काममा जुटेका लामा आज ज्योतिको घरको अध्यक्ष बन्न सफल भएका छन् ।
यस बीचमा धेरै असाहे बालबालिकाहरुको बीचमा ज्योतिको घरले ‘ज्योति’ छर्न सफल भएको छ । समाजसेवी राजु सुन्दासको प्रेरणाले थप उत्साहित भएको सुनाउदै लामाले काम गर्दे जाने क्रममा प्राप्त भएको शिक्षाले थप नयाँ ढंगले अगाडि बढ्ने प्रेरणा मिलेको बताउछन । उनी थप्छन–जीवनमा समाजसेवा भन्दा ठूलो आन्नद केही छैन । जीवन बाचुन्जेल असाहे बालबालिकाहरुको सेवा गरेर जीवन विताउने अठोट लामाले लिएका छन् ।

ज्योतिको घरको अध्यक्ष भएपछि लामाले निकै ठूलो जिम्मवारी र दायित्व थपिएको महशसु गरेका छन् । ज्योतिको घरमा हाल ६ सय ८० जना बालबालिका छन् । उनीहरुको शिक्षा स्वास्थ्यदेखि खाना बस्नको सम्पूर्ण व्यवस्थापनको काम गर्न लामा रातदिन नभनी गर्ने गरेका छन् । बालकालिको शिक्षाको लागि काम गर्दा कुनै दिन पनि आफूले असहज मशसुस नगरेको सुनाउदै लामाले थपे,‘बालबालिकालाई शिक्षासँगै असल संस्कार दिन पाउदा खुसी छु ।’

लामाले बालबालिकाको क्षेत्रको लागि मात्र नभई आफू अध्यायन गरेको रामेछाप जिल्लाको डडुवाको सुर्के माविको लागि पनि सहयोग गरेका छन् । भुकम्पले विद्यालयको भवन भत्काएपछि लामाले व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गरेका छन् । उनले रामेछाप जिल्लामा रहेका असाहे अनाथ र विपन्न बालबालिकाहरुको लागि पनि काम गर्ने योजना सुनाए । उनले रामेछाप जिल्लामा रहेका बालबालिकालाई सकेसम्म अभिभावको निगरानीमा अध्ययन गर्न नसक्नेहरुको लागि सहयोग गर्ने सोच रहेको बताउछन् । ‘

कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन दिनु हुँदैन, भोलीका कर्णधार बालबालिकालाई शिक्षा प्रदान गर्ने वातावरण सबै मिलेर बनाउनु पर्छ’ लामा भन्छन । ठूलठूला सफलताको सुरुवात सानै कामबाट सुरु हुन्छ । निरन्तरतको मेहनतले मात्र सफल हुने अनुभव सुनाउदै लामाले आफ्नो जिल्लाको सामाजिक कामको लागि केही गर्ने योजना बनाएको सुनाए । ‘व्यक्तिगत स्वार्थमा लाग्दा समाजप्रतिको दायित्व मानिसहरुले विर्सदै गएकोप्रति चिन्ता व्यक्त गर्दे उनले समाजप्रतिको दायित्व पनि सबैले अनुभुत गर्नुपर्ने सुझाव दिन्छन् । उनले कुनै पनि असाहे बालबालिकालाई जिल्ला बालकल्याण समितिले सिफारिस गरेको अवस्थामा आर्थिक सहयोग प्रदान गर्न सकिने बताउछन् ।

लामाले अहिलेसम्म सात वटा देशको भ्रमण गरिसकेका छन् । स्वीडेन, नर्बे, दुबई, जर्मनी, डेनमार्क, सिंगापुर मलेसिया, भुटान, कतार लगायतको देशको भ्रमण गरेर पनि लामाले धेरै अनुभव संगालेका छन् । लामा भन्छन,‘मानिसहरु महंगो–महंगो कुकुर पालेर समाजमा सान देखाउछन, यसको सट्टा समाजमा असाहे बालबालिका पाल्दा के हुन्छ ?’ सामाजिक कामसँगै उनले साथीहरुसँग मिलेर सिन्धुपाल्चोको भोटैचौरमा किबी खेती पनि सुरु गरेका छन् । उनले सुरु गरेको बिकी खेती मार्फत चार जनालाई रोजगारी दिन पनि सफल भएका छन् ।

लामा समाजसेवी मात्र नभई राष्ट्रियस्तरको भलिवल खेडाली समेत हुन् । उनले २०५६ सालमा जिल्लास्तरीय भविलव प्रतिगोगितामा भाग लिएका थिए । त्यसैगरी २०६२ सालमा राष्ट्रिय भलिबल प्रतिगोगिता समेत खेलेका लामा भन्छन–खेलप्रति झुकाब अझै पनि छ तर समयको व्यवस्थापन गर्न सकिएको छैन् ।’ समाजसेवाको काममा लाग्दा दुःख र कष्ट पनि सहज हुने बताउदै उनले देशभित्रै रहेर असाहे बालबालिकालाई उद्दार गर्न र शिक्षा दिन सफल भएकोमा खुसी भएको सुनाए । लामाको श्रीमती योङगिता लामाले पनि समाजसेवाको काममा लामालाई सहयोग गरिरहेकी छिन् । लामाको एक छोरा एन्ड्रु लामाका छन् ।
लामा स्वयमंले छिमेकी देश भारतमा बेचिएका नेपाली चेलीहरुलाई समेत उद्दार गरेर स्वेदमै तालिमसँगै रोजगारी तथा घरपपरिवारमै पुनःस्थापनाको काम समेत गरेर गुण लगाएका छन् । ज्योतिको घर नेपालले कलिलै उमेरमा भारतमा बेचिएका बालबालिकाहरुलाई समेत उद्दार गरेर अहिले बालगृहमा राखेर शिक्षा प्रदान गरिरहेको छ । लामाले बालगृह मार्फत ८१ जना व्यक्तिहरुलाई पनि रोजगारी समेत दिन सफल भएका छन् । निकै ठूलो लगानी संघर्षबाट आज ज्योतिको घरले ६ सय ८० जना असाहे बालबालिकाहरुको लागि ज्योति दिन सफल भएकोमा लामा निकै खुसी छन् ।