काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञेप्ती जारी गर्दे नयाँ भाइरस पुष्टि भएको जानकारी दिएको हो ।

पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीन जनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन्।

बेलायतबाट फर्किएका मध्ये तीन जनामा कोभिड १९ को नयाँ प्रकार देखिएको हो। तीन जना मध्ये दुई जनाको आरटी पीसीआर परिक्षण नेगेटिभ देखिएको छ भने अर्का एक जनाको पोजेटिभ नै देखिएको छ । तर उनमा लक्षण भने नदेखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी आग्रह गरेको छ । साथै मन्त्रालयले भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।