आफूभन्दा ३० वर्ष कान्छि युवतीसँग लगनगाँठो कस्दै मुख्यमन्त्री राई


काठमाडौँ । 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफू भन्दा ३० वर्ष कान्छी युवतीसँग विवाह गर्न लागेका छन् । ५० वर्षका राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

उनीहरुले यही माघ ११ गते विवाह गर्ने भएका छन् । शेर्पा मिस मंगोल २०१८ की विजेता हुन् । उनीहरुको विवाह काठमाडौँमा हुने र भोज भने विराटनगरमा हुने बताइएको छ ।