काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । बुधबार सुनको मूल्य तोलामा ८ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० रहेको महासंघले जनाएको छ ।