काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार देशभरका ४१५४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज थपिएका जनासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।

यस्तै आज थप ४१४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।