काठमाडौंमा भूकम्पको धक्का


काठमाडौं । सोमबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अाज दिउँसो साढे २ बजे काठमाडौंमा भुइँचालोको धक्का महसुस गरिएको हो । ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र कुलेश्वर रहेको केन्द्रले बताएको छ ।