तीन सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९५ हजार ९०० मा कारोवार भएकामा आज रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला रु पाँचले उकालो लागेको छ ।

प्रतितोला रु एक हजार ३३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।