महुली लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच हुने


नेपालभूमि, काठमाडौं ।

नवकिरण लघुवित्तसँग मर्जरमा गएको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बिहीबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का गरिएको महुली लघुवित्तको सेयर कोरोबार फुकुवा गरिएको जानकारी गराएको हो। अब यो कम्पनीको सेयर कारोबार आगामी आइतबारदेखि धितोपत्र दोस्रो बजारमा आउने छ।

नवीकरण र महुली लघुवित्त आपसमा १००ः९५ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रतिकित्ता सेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ दरका कुल ६ लाख ४२ हजार २०० कित्ता साधारण सेयर पनि आज नेप्सेमा सूचीकरण भएको छ।