फेसबुकविरूद्ध अमेरिकी सरकारद्वारा दुई वटा मुद्दा दायर


एजेन्सी । अमेरिकी सरकारले चर्चित सामाजिक संजाल फेसबुकविरूद्ध दुई वटा मुद्दा दायर गरेको छ। मुद्दाले उसलाई आफ्ना दुई चर्चित एपहरू ह्वाट्स एप र इन्स्टाग्राम बिक्री गर्नुपर्ने अवस्थामा पुर्‍याउन सक्नेछ।

अमेरिकाको संघीय वाणिज्य आयोगसहित अमेरिकाका लगभग सबै राज्यहरूले फेसबुक प्रतिष्पर्धी कम्पनीहरूलाई किन्ने वा दबाउने  रणनीति अख्तियार गर्दै प्रतिष्पर्धालाई साँघुरो बनाउने काम गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ। कम्पनी विरूद्ध बुधबार दुई मुद्दा दायर गरिएको हो।