आर्सेनलले जित्दा युनाइटेड पराजित


लन्डन, (एजेन्सी)

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सेनलले जितको नतिजा निकाल्दा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सेनलले पाहुना टोली वेस्ट ह्याममाथि २–१ गेलअन्तरको संघर्षपँर्ण जित निकाल्दा युनाइटेड भने आफ्नै घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–१ ले पराजित भएको हो।

आर्सेनललाई जित दिलाउन खेलको २५औं मिनेटमा एलेक्सान्ड्रे लाकाजेटले हेडिङ गोलमार्फत शुरुआती गोल गरेका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली वेस्ट ह्यामका लागि मिकाहिल एन्टोनियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

त्यसपछि, दोस्रो हाफमा विजयी गोलका लागि आर्सेनलले ठँलै संघर्ष गर्नुपरेको थियो। लगातारको प्रयासपछि आर्सेनलले खेलको ८५औं मिनेटमा विजयी गोल ग¥यो। डि बक्समा ड्यानी सेबालसले दिएको क्रस पासमा इडे केटिहले सहजै गोल गरेपछि खेल आर्सेनलले २–१ ले जितेको हो।

उक्त जितपछि आर्सेनलले लिगका शुरुआती दुवै खेल जितेर ६ अंक जोडेको छ। पराजित वेस्ट ह्याम भने १८औं स्थानमा छ।
शनिबारै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले भने प्रिमियर लिगअन्तर्गत नयाँ सिजन २०२०÷२१ को पहिलो खेलमै हार व्यहोरेको छ।

लिगको पहिलो खेलमा स्टार खेलाडीले भरिएको युनाइटेड पाहुना टोली क्रिस्टल प्यालेसलसँग ३–१ ले पराजित भयो। ओल्ड ट्राफोर्डमा उत्कृष्ट प्रदर्शन गरेको प्यालेसले खेलको सातौं मिनेटमै आन्द्रोस टोनसेन्डको गोलबाट अग्रता लिएको थियो। सो गोल व्यहोरेपछि युनाइटेड खेलमा फर्किन लगातार संघर्ष गरे पनि सफल हुन भने सकेन।

खेलको ७४औं मिनेटमा प्यालेसका लागि विलफ्रेड जहाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए। उनले रिक–टेक पेनाल्टीमा गोल गरेका हुन्। त्यसअघि अर्का खेलाडीका पेनाल्टी युनाइटेडका गोलकिपर डेभिड डि जियाले रोकेका थिए। तर, उनले बल रोक्ने क्रममा गोललाइन टच गरेको पाइएपछि पहिलो पेनाल्टी रद्द गरेर दोस्रोपटक पेनाल्टी हान्न दिइएको थियो। जसमा जहाले सजिलै गोल गरेर युनाइटेडलाई २–० ले पछि पारे।

त्यसपछि, ८०औं मिनेटमा युनाइटेडका लागि नयाँ खेलाडी डनी भान डे बिकले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए। तर, प्यालेसका लागि ८५औं मिनेटमा जहाले नै गोल गर्दै टिमलाई ३–१ को जित दिलाए। जितसँगै प्यालेसले शुरुआती दुई खेलमा लगातार जित निकालेर ६ अंक जोडेको छ। पहिलो खेलमै हारेको युनाइटेड भने अंकविहीन नै छ।
लीड्सको पहिलो जित

प्रिमियर लिगमा १६ वर्षपछि प्रमोसन भएको टोली लीड्स युनाइटेडले पहिलो जित हात पारेको छ। शनिबार भएको खेलमा लीड्स युनाइटेडले फुलहामलाई ४–३ गोलअन्तरले हराएको हो। योसँगै टोलीले अंक तालिकामा ३ अंक जोडेको छ। यसअघि प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा लिग विजेता लिभरपुलसँग ४–३ गोलअन्तरले पराजित भएको थियो।

हेन्लडर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लीडस्लाई अग्रता दिलाएका थिए। एलेक्जेन्डर मिटोभीले पेनाल्टीमा गोल गरेपछि खेल ३४औं मिनेटमा १–१ को बराबरीमा पुगेको थियो। मेटस किटल्जीले पेनाल्टीमार्फत गोल गर्दा लीड्सले पहिलो हाफ २–१ को अग्रतामा समाप्त पारेको थियो।

दोस्रो हाफमा दुवै टोलीबाट २–२ गोल भएका थिए। पेटिक बामफोर्डले ५१औं मिनेटमा गोल गरेर लीड्सको अग्रता ३–१ मा पु¥याए। यस्तै, कोस्टले अर्को गोल थप्दा टोली ४–१ को सुरक्षित स्थितिमा पुगेको थियो। तर, फुलहामले ६२औं मिनेटमा बोबीको गोलमार्फत अग्रता खुम्च्यायो। ६७औं मिनेटमा मिट्रोभीले अर्को गोल गरेपछि खेल रोमाञ्चक क्षणमा पुगेको थियो। यद्यपि, दुवैतर्फबाट बाँकी समयमा गोल नभएपछि लीड्सको जित पक्का भएको थियो।