कोरोना अपडेट : ३३८४ जनामा संक्रमण पुष्टि, ६१ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६२९५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यस्तै आज थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।