दिपक मनाङे फेरि मन्त्री बन्दै, आजै सपथकाे तयारी


काठमाडौं : गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे फेरि मन्त्री बन्ने भएका छन् ।  शनिबार मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै मनाङे पनि मन्त्री बन्ने पक्का भएको हो ।  मनाङेले कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेकाले उनी बिना विभागीय मन्त्रीका रुपमा आजै सपथ ग्रहण गर्ने छन् ।

यसअघिको सरकारमा खेलकुद मन्त्री रहेका मनाङेले पृथ्वी सुब्बा गुरुङको नेतृत्वको सरकारलाई प्रदेशसभामा विश्वासको मत दिएका थिएनन् । यस्तै माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबाट पनि मन्त्री बन्ने पक्का भएको छ ।