सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण


काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच भएको सम्झौता नवीकरण भएको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजार रुपियाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता नवीकरण भएको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ वापत बैंकको तर्फबाट मासिक एक रुपियाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता नवीकरण गरेको हो । सानिमा बंैकको सातै प्रदेशमा ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।