बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु


 लागोस   । नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।

उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताउनु भएको छ ।

यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताउनु भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।