ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ खुला गर्ने


काठमाडौं ।  ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री गर्न लागेको हो ।

यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।