यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


काठमाडौँ ।

देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदुर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र तराई भू-भागहरु हुसु्रकुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  : 

शनिबार दिउँसो सुदुर-पश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती   प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको मौसमछ ।

यस्तै, राती सुदुर-पश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र  बागमती   प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भ-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

आइतबार दिउँसो पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएका छन् । सुदुर पश्चिम र प्रदेश न। १ को पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, सोमबार दिउँसो प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती भने देशका प्रदेश न। १ प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

देशको उच्च हिमाली भु-भागका एक, दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।