आइओएस–१५ को नयाँ अपडेटले पुराना आइफोनमा काम गर्ला ?


एजेन्सी । एप्पलले आइओएसको नयाँ संस्करण आइओएस–१५ यही वर्ष सार्वजनिक गर्ने बताएको छ। तर, यो नयाँ आइओएस पुराना आइफोनमा नआउने हल्ला छ। म्याक रुमरका अनुसार आइफोन–६ एस, आइफोन–६ एस प्लस र आइफोन एसइमा नयाँ आइओएस १५ ले काम नगर्न सक्छ।

यो नयाँ संस्करणको अपडेट ए–९ चिप भएका एप्पलका उपकरणको लागि नहुने भनिएको हो। ए–९ चिप एप्पलका पुराना आइफोनमा पाइन्छ, जुन सन् २०१५ अगाडि सार्वजनिक भएको थियो।आइफोन–६ एस, आइफोन–६ एस प्लस र आइफोन एसइ पाँच वर्ष पुरानो भएको कारणले नै ती उपकरणमा नयाँ अपडेट चल्न समस्या हुन सक्ने म्याक रुमरको भनाइ छ।

ए–१० चिप भएको आइफोन–७, आइफोन–७ प्लस र अन्य नयाँ आइफोनमा भने आइओएस–१५ ले काम गर्नेछ।यसैगरी आइप्याडओएस–१५ को नयाँ अपडेट आइप्याड मिनी–४, आइप्याड एयर–२, र आइप्याड–५ मा हुने छैन। यी उपकरणमा पुराना ए–८, ए–८ एक्स र ए–९ चिप्स भएकोले आइप्याडओएस–१५ ले काम गर्ने छैन।