पिपुल्स हाइड्रोको आईपीओ आउँदै


काठमाडौं ।  पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ निर्माण गरिरहेको छ ।

सो आयोजनामा लगानी गर्न आवश्यक स्वपुँजीसमेत लगानी गर्न कम्पनीले आफ्नो जारी पुँजी दुई अर्व ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपियाँ बराबरको सय रुपियाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।